नियम ३५
मेलमिलापकर्ता समक्ष पठाउने- कार्यविधि
: (१) कुनै मुद्दा मेलमिलापका लागि मेलमिलापकर्तासमक्ष पठाउने आदेश भएमा पक्षलाई मेलमिलापर्कर्तासमक्ष उपस्थित हुन मिति तोकी सोही व्यहोरा मेलमिलापकर्तासमक्ष लेखी पठाउनु पर्नेछ।
(२) मेलमिलापकर्ताले मुद्दा सम्बन्धी कुनै खास कागजपत्रको प्रतिलिपि माग गरेमा अदालतले त्यस्ता कागजपत्रको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम मेलमिलापका लागि पठाउँदा सो कार्यका लागि प्रदान भएको समयावधिसमेत विचार गरी अदालतमा दायर रहेको सक्कल मिसिलमा पक्षहरुलाई अदालतमा उपस्थित हुन तारेख समेत तोकी मुद्दाको दायरी लगत कायमै राख्नु पर्नेछ।
तर मेलमिलापकर्ताले अदालतले तोकेको तारेख अगावै पक्षहरुलाई अदालतमा फिर्ता पठाएमा बाटाको म्यादबाहेक सात दिनभित्र पक्षहरु अदालतमा हाजिर हुन जानु पर्नेछ।